sevenstartv.com १९ वैशाख २०८३, शनिवार

परराष्ट्रमन्त्री आरजु राणा पुस पहिलो साता भारत भ्रमणमा जाने

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस पहिलो साता भारतको भ्रमणमा जाने भएकी छन् । हाल युरोप भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणा जर्मनीबाट सिधै भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । उनी ‘इन्डो-नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेकी हुन् । 

उक्त कार्यक्रममा उनलाई ‘कि नोट स्पिकर्स’को रूपमा बोलाइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणा पुस ४ गते नयाँ दिल्ली पुग्ने कार्यक्रम रहेको छ । उनी पुस ५ गते नयाँ दिल्लीमा हुने ‘इन्डो-नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुने छिन् ।

परराष्ट्रमन्त्री राणा पुस ५ वा ६ गते स्वदेश फर्किने कार्यक्रम छ । भारतीय विदेशमन्त्रीसँग भेटवार्ता नहुने भए उनी पुस ५ गते नै स्वदेश फर्किने जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्