sevenstartv.com १९ वैशाख २०८३, शनिवार

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ ।

आज बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो । यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो ।

उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको जनाइएको छ । खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्