sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संसदलाई प्रभावकारी बनाउनका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ : सभामुख घिमिरे

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन् ।

संघीय संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताएका हुन् । 

उनले विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताए ।

संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । उनले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्