sevenstartv.com १९ वैशाख २०८३, शनिवार

लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रलेकी पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।

मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालय मोरङले सभापति पोखरेलकी पत्नीसहित २६ जना विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयले सहकारीका सञ्चालक समिति सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास लगायतलाई प्रतिवादी बनाएको छ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला प्रकरण जोडिएको सहकारीमा सञ्चालक सदस्य थिइन् । सहकारीमा समस्या देखिएपछि उनले २०७८ माघ ५ गते राजीनामा दिएको जनाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्