अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् ।
दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आइपुगेका हुन् । काठमाडौंमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ ।
उनको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ । यसअघि पनि उहाँले तीनपटक नेपालको भ्रमण गरिसक्नु भएको छ । पछिल्लोपटक उहाँ गत वर्ष असार २९ गते पनि नेपाल आउनु भएको थियो ।
