sevenstartv.com २० वैशाख २०८३, आइतवार

रवि लामिछानेलाई अन्याय भएको भन्दै रास्वपाले गुहार्‍यो मानवअधिकारकर्मी

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएकान हुन् । यो घटना सरकारको प्रत्यक्ष्ग निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ । 

जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट सुक्ष्म रुपमा नियालीरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको थप स्पष्ट बनाएको रास्वपाको ठहर छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्