sevenstartv.com २० वैशाख २०८३, आइतवार

स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।

उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी हुन् । शुक्रबार बिहान भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका छन् ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंलाई ट्रान्जिट बनाएर यहाँ ५ घण्टा बसेपछि फिर्ता भएका हुन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्