रवि लामिछानेलाई भेट्न कास्की पुगे डा. बाबुराम भट्टराई
काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । आज बिहान डा. भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।
हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।
