विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा पनि दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । विश्नोईको नाममा धम्की दिने आरोपित युवा र प्रसाईंबीच १०० बढी कल यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो ।
फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको थियो । उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।
