माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसिरहेको हो ।
बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने छ ।
नन्दकिशोर पुन ‘पासाङ र अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ।
