sevenstartv.com २० वैशाख २०८३, आइतवार

विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा पक्राउ

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ पक्राउ परेका छन् । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

भूमिगत रूपमा नेकपा माओवादी नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा माओवादीको महासचिव बताउने गर्छन् । चन्दा सङ्कलन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

२०८१ भदौ २८ मा झापाको गिरीबन्धु टी–स्टेट अगाडी विस्फोटक पदार्थ भेटियो । विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा माओवादी पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टी-स्टेट कब्जा किन रु’ भन्ने पर्चा छाडिएको थियो । सो घट्नामा संलग्न मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धिरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ भदौ ९ मा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि बम भेटियो । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो । सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी जाँदा त्यहीँ बस्छन् । त्यहाँ विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्