sevenstartv.com २० वैशाख २०८३, आइतवार

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

१८ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापा का सभापति रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् । रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरूले नाराबाजी गरेका थिए । उनीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल  प्रयोग गरेको थियो ।

चितवन सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि रबि लामिछानेलाई मंगलबार नै काठमाडौंबाट चितवन लगिएको हो । चितवन सहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्