दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
