'उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ ।
प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले पार्टीले भ्रष्टाचारका विरुद्ध लिएको संकल्पले निर्वाचनमा उत्साहजनक मत पाएको बताए । आफू नेतृत्वको सरकारले लिएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई अगाडि बढाउने अवसरका रुपमा उपनिर्वाचनलाई लिएको उनले बताएका छन् ।
