sevenstartv.com २० वैशाख २०८३, आइतवार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ । आज राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो ।

यसअघि असोज ४ गते प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन  अमेरिका गएको समयमा पनि उपप्रधानमन्त्री श्रेष्ठलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी दिइने संवैधानिक व्‍यवस्था छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्