ग्रामथान उपनिर्वाचन अपडेट : ३४ प्रतिशत मत खस्यो
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६ हजार ५सय १५ मत खसेको छ ।
अहिले १२ २५ बजेसम्ममा खसेको मत परिणाम रहेको जनाइएको छ । अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् ।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।
