sevenstartv.com २० वैशाख २०८३, आइतवार

कीर्तिपुरमा शान्तिपूर्ण मतदान जारी

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको प्रमुख र दुई वडाको वडाध्यक्षका लागि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर-१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । वडा नम्बर ४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार चुनावी मैदानमा छन् । कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार एक सय १२ मतदाता छन् ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्