sevenstartv.com २० वैशाख २०८३, आइतवार

बागमतीमा ७ सचिव पद रिक्त

१२ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । मन्त्रालयको संख्या बढाइएसँगै बागमती प्रदेशमा कर्मचारी व्यवस्थापनमा सकस परेको छ । अहिले बागमती प्रदेशमा सचिवको ७ दरबन्दी रिक्त छ ।

गत साउनदेखि नै बागमतीमा सचिव अभाव हुँदै आएको थियो । पछिल्लो समय एउटा मन्त्रालय थपिएपछि समस्या झन् बढेको हो । प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय अभावका कारण प्रदेशमा सचिवस्तरका कर्मचारीको अभाव भएको जनाइएको छ । 

प्रदेशलाई आवश्यक सचिवहरू संघबाट खटाउने प्रचलन छ । सोही अनुसार यस अघिसम्म प्रदेशका सबै मन्त्रालयमा संघका सहसचिव तहका कर्मचारी सचिवको जिम्मेवारीमा आउने गरेका थिए । 

तर, पछिल्लो समय प्रदेशमा संघले कर्मचारीहरू पठाएको देखिँदैन । संघबाट खटिएका प्रदेश सचिवहरू यसबिचमा सरुवा भएर जाने तर नयाँ सचिव नपठाउँदा मन्त्रालयहरू सचिवविहीन भएका हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्