sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर १ हजार ७ सय २५ रूपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्