sevenstartv.com १० असार २०८३, बुधवार

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने

२८ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोकेका हुन् । शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।

कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गरेका हुन् ।