sevenstartv.com १० असार २०८३, बुधवार

पार्टीको झण्डा र बीपीको तस्वीर राख्दै कांग्रेस कार्यकर्ताले भने, हामी उठ्नेछौं

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी मुख्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी पुस्ताको हिंसात्मक प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा शुक्रबार बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर र ब्यानर राखेका हुन् ।

बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ ।

केही प्रदर्शनकारीले आगजनी गरिदिँदा कांग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।