sevenstartv.com १० असार २०८३, बुधवार

पोखरामा स्थानीयले समातेर बुझाए प्रहरीलाई एक कैदीबन्दी

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बागलुङ बसपार्कनजिकैबाट स्थानीयले एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।