sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु

२० पुष २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति चावहिलको हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको निधन भएको हो।

अफिसको नियमित काम सकेर साँझ कोठा पुगेपछि एक्कासी ढलेका पुडासैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो।

तर,अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। हृदयघातको कारणले मृत्यु भएको हुन सक्ने भएतापनि पुष्टि भएको छैन ।उनी हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत रहेका थिए ।


उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्