sevenstartv.com ६ असार २०८३, शनिवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर एक सय  एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा  रहेको छ । युरो एकको खरिद दर  एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ५८ पैसा र बिक्री दर १७६ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर  ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।