अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्यो अब नेपालमा पनि घट्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बद्वी भएको डिजेल, पट्रोललगायतका इन्धनको मूल्यमा गिरावट आउने जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने जनाएका हुन् ।
अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा देखिएका समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम नागरिकमा प्रत्यक्ष असर परेको उल्लेख गदै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
उनले इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिएको स्पष्ट पारे ।
हाल मध्यपूर्वको अवस्था सहज हुँदै बताउँदै उनले भने, अब टाइमल्याक त हुन्छ । क्रुड प्राइस त घटी नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीले जुन आयात गर्ने गरेका छौँ । त्यो एडजस्ट भएर नेपालमा आउन केही समय लाग्ला ।
