sevenstartv.com १० असार २०८३, बुधवार

सुनचाँदीकै मूल्यमा ओरालो लाग्ने क्रम जारी

१० असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । यस साता सुनचाँदीकै मूल्यमा ओरालो लाग्ने क्रम जारी रहेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज सुनको भाउमा  प्रतितोला ३६ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन(मंगलबार) प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३६ सय रुपैयाँ गिरावट हुँदा दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तथा चाँदीको मूल्य १०५ रुपैयाँले घटेर प्रतितोला ४४८५ रुपैयाँमा कारोबार भईरहेको छ ।प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।