sevenstartv.com १० असार २०८३, बुधवार

मतदान नै नगरी काठमाडौं फर्किँदै प्रधानमन्त्री वालेन

१० असार २०८३, बुधवार स्टार संवाददाता

भरतपुर । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनका लागि आइतबारदेखि चितवनमा नै रहेका छन् ।

निर्वाचनका लागि चितवन पुगेका प्रधानमन्त्री शाह भरपुरबाट आज (बुधबार) काठमाडौं फर्किने कार्यक्रम रहेको छ । रास्वपाको महाधिवेशनमा भाग लिन गएका लागि गएका शाह बिहान ११ बजे बुद्ध एयरको विमानमार्फत् काठमाडौं फर्किन लागेको सुरक्षा स्रोतले जनाएको छ ।

रास्वपा सभापतिमा मंगलबार रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उनी लामिछानेका प्रस्तावक समेत हुन् । सभापतिमा लामिछाने निर्वाचित भए पश्चात निर्वाचनका अन्य कार्यक्रममा सहभागि नभई प्रधानमन्त्री शाह काठमाडौं फर्किएका हुन ।

बुधबार अपराह्नबाट ९९ केन्द्रीय सदस्यको निर्वाचन सुरु हुँदैछ, त्यसमा निर्वाचित हुनेमध्येबाट पदाधिकारीको चुनाव हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्