स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको छ । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन प्रबन्ध निर्देशक जोशीलाई सोमबार काठमाडौं महानगरपालिका २ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको जानकारी गराएको छ । हाल स्मार्ट टेलिकम बन्द अवस्थामा छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतः रद्द भएको थियो ।
उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीलाई छ ।
