sevenstartv.com १२ वैशाख २०८३, शनिवार

कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउनु : जिल्ला अदालत ललितपुर

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । बलात्कारको अभियोग लागेर अनुसन्धानको घेरामा रहेका नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

एक महिलाले जाहेरी दिए पछि पक्राउ गरि अनुसन्धामा रहेका मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । मल्लविरुद्ध बलात्कार गरेको विभिन्न तथ्य सहित अदालतमा मुद्धा दायर गर्ने महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् ।

गित गाउने सिलसिलामा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ति महिलाको भनाई थियो । आफु अविवाहीत रहेको र विवाह गर्ने वाचा सहित सम्वन्धको सुरुवात भए पनि मल्लले पटक पटक बलत्कार गरेको उनको आरोप छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्