sevenstartv.com १२ वैशाख २०८३, शनिवार

दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएकाे  छ ।  जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा ९१० बमोजिम सजाय गर्न माग  गर्दै  मुद्दा दायर भएकाे हाे । 

उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, उनले पटक पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।

प्रसाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्