sevenstartv.com १२ वैशाख २०८३, शनिवार

रास्वपाले दियो समानुपातिक सांसदलाई जिम्मेवारी

८ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवार बाडफाड गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय सहित कार्यविभाजन गरेको हो ।

सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी गराएका छन् ।

बुर्लाकोटीका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको हो। प्रत्यक्षमा निर्वाचन जित्न नसकेका स्थानहरुमा समानुपातिक सांसदले पराजित भएका जिल्लाहरुमा सक्रियतासाथ काम गर्नु पर्ने ठहर सहित जिम्मेवारी बाँडफाड गरेको बताइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्