sevenstartv.com १२ वैशाख २०८३, शनिवार

तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन जेन जी नागरिक अभियानको माग

७ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन जी नागरिक अभियानले आयल निगम नजिकै प्रदर्शन गरेको छ । राष्ट्रिय जेन जी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाबाट हटाएको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।

प्रहरीले जवर्जस्ती निगम परिसरबाट बाहिर निकालेपछि युवाहरू आक्रोसित हँुदै प्रहरी दमन मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगायतका नाराबाजी सहित प्रदर्शनमा उत्रिएका थिए । राष्ट्रिय जेन(जी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर मात्रैज्ञापन पत्र बुझाउन गए पनि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । पूर्व जानकारी सहित आफुहरु निगम परिसरमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको उनको भनाई छ ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने र सहज रुपमा जनताले बाँच्न पाउनु पर्ने जनाएका छन् ।  सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै सरकारले तत्काल मूल्य समायोज गर्नु पर्ने धारणा राखेका छन् । सो प्रदर्शनमा भेला भएका युवाहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्