sevenstartv.com १२ वैशाख २०८३, शनिवार

निर्माण व्यवसायीहरूमा चरम संकट : उपाध्यक्ष खड्का

३ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौ । डिजेल, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूमा चरम संकट आइ परेको निर्माण व्यवसायी महासंघका उपाध्यक्षमा शहदेव खड्काले बताएका छन् ।

निर्माण क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, भुक्तानीको समस्या र नीतिगत सुधारका विषयमा सरकारले सहजिकरण गर्नुको साटो झन हरेक सामाग्रीको मूल्य आकासीदा सरकार मौन रहनुलाई निर्माण व्यवसायीले गम्भिर रुपमा लिएको खड्काको भनाई छ ।

उनले भने यो केवल निर्माण ब्यवसायी को समस्या मात्र होइन, यो देशको विकास र अर्थतन्त्रसँग जोडिएको राष्ट्रिय संकट हो। समयमै मूल्य समायोजन लागू नगरे विकास आयोजना ठप्प हुन्छन्, निर्माण क्षेत्र रुग्ण बन्छ, अर्थतन्त्र थप कमजोर हुन्छ । नेपाल सरकार अब मौन नबसोस् भन्दै उपाध्यक्षमा खड्काले तत्काल प्रभावकारी मूल्य समायोजन प्रणाली लागू गरिनु पर्नेमा जोड दिए ।

निर्माण क्षेत्र बचाउँन र  विकासलाई जोगाउन सरकारले उचित कदमको थालनी गर्नु पर्नेमा उनको भनाई छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्