sevenstartv.com १२ वैशाख २०८३, शनिवार

नयाँ वर्षको अवसरमा बैंकहरुले घटाए व्याजदर

१ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नयाँ वर्ष २०८३ अवसरसँगै वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदरलाई घटाएका छन् । २० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार वैशाखमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वैशाखका लागि ७ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने १३ बैंकहरूले यथावत राखेका छन् ।

वैशाख मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ०.०८ प्रतिशतले घट्दै ४.४१ प्रतिशतमा झरेको छ । अघिल्लो महिना चैतमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो । त्यस्तै, संस्थागततर्फ पनि ब्याजदर घटेको छ ।

वैशाखमा औसत ०.०६ प्रतिशतले कमी आएर ३.२३ प्रतिशतमा पुगेको छ, जुन चैतमा ३.२९ प्रतिशत थियो । ब्याजदर घटाउने बैंकहरूमा एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक रहेका छन् । भने नेपाल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले भने ब्याजदर स्थिर राखेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्