गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त, आजै शपथको तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन् ।
गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए। दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए ।
उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।
