sevenstartv.com १२ वैशाख २०८३, शनिवार

जडीबुटीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

२५ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामीको मृत्यु भएको हो । 

गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले बताएको छ । 

उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्