sevenstartv.com १९ वैशाख २०८३, शनिवार

२७ दिनपछि परिवारले बुझे इनिशाको शव

१९ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा आज दाहसंस्कार गर्ने तयारी गरिएको छ । इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो । 

पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो । कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्