इटहरी चोकको क्याफेमा आगलागी
काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा आउन सकेको छैन । इटहरी उपमहानगरपालिकाका ३ वटै दमकल जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएको थियो । त्यही भएर अहिले यहाँ दमकल अभाव छ ।
