सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १४ हजार ६ सय रुपैणँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, बुधबार चादिँको मूल्य ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ ।
