ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन् ।
केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन् ।
