sevenstartv.com ८ चैत २०८२, आइतवार

पश्चिम एसिया तनावको असरको कारण देखाएर खाने तेलको कृत्रिम अभाव

मूल्य बढ्दा उपभोक्ता मारमा,  कारबाहीको तयारीमा विभाग

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । खाना पकाउने तेलको मूल्य पछिल्लो एक महिनामा अस्वाभाविक रूपमा आकासिएको छ । 

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म यसको भाउ बढाएका छन् । माघ अन्तिम सातातिर प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सनफ्लावर तेल चत्रै मध्यसम्म आइपुग्दा प्रतिलिटर ३०० रुपैयाँभन्दा माथि पुगेको छ । 

तर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने हाल बजार मूल्यभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको जनाएको छ ।  बजारमा खाने तेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी भइरहेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सक्रियता बढाएको छ । 

विभागले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको छ ।  विभागले अहिले विशेषगरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर बजार निरीक्षण गरिरहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्