इरानसँग वार्ता भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको पुनः दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः दाबी गरेका छन् ।
यसअघि तेहरानले वार्ताको दाबीलाई ‘भ्रामक समाचार’भन्दै खण्डन गरेको थियो । इरानमाथि अमेरिका र इजरायलका तर्फबाट आक्रमण जारी छ । दक्षिण तेहरानमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण इजरायलमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको इजरायली सञ्चारमाध्यम च्यानल १२ ले जनाएको छ । वाइनेट न्यूजका अनुसार, उक्त प्रहारबाट निर्माणाधीन एक घरमा क्षति पुगेको छ ।
यद्यपि, सो घटनामा कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ । यसअघि इरान र हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा एक जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा तेल अभिभ नजिकैका शहरहरू बनी ब्राक र गिभात श्मुएलमा कम्तीमा १२ जना घाइते भएका थिए ।
