ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ
काठमाडौं । शैलुङ गाउँपालिका ४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङको कुटाइबाट हत्या भएको हो । घटनापछि फरार वीरबहादुरलाई आज बिहान साढे ७ बजेतिर खारपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोलाकुमार भट्टले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।
