sevenstartv.com ९ चैत २०८२, सोमवार

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैँडा मरे

९ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । 

यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, यस आर्थिक वर्षमा बाघ चारवटा, हात्ती तीनवटा र १८ वटा चित्तल मरेका छन् । 

चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही दुई–दुईवटा, अजिंगर, सुन गोहोरो एकरएकवटा र अन्य वन्यजन्तु चारवटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् । 

यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी सिकारीको निसानाबाट वन्यजन्तु जोगाउन सकिएको उनले बताए । समुदारस्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी सिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्