sevenstartv.com ८ चैत २०८२, आइतवार

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, चार घाइते

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । चार जना घाइते समेत भएका छन् । 

घाइते हुनेहरुमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् । उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्