sevenstartv.com ८ चैत २०८२, आइतवार

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरको दर्शन

६ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन् । 

निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किनुभएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् ।  सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरी कीर्तनमा समेत सहभागी थिए । 

जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महसुस भएको संक्षिप्त प्रतिक्रिया दिइन् । त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्