sevenstartv.com ८ चैत २०८२, आइतवार

कैलालीमा एक युवकले गरे श्रीमतीको हत्या

५ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको बताउनुभयो । श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । 

घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्