sevenstartv.com २ चैत २०८२, सोमवार

भारतको एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको निधन, ११ कर्मचारी घाइते

२ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । भारतको ओडिसामा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीले मृत्यु भएको छ ।

आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना भएका थिए । 

जसलाई बचाउने क्रममा अस्पतालका करिब ११ जना कर्मचारी समेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ । ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएको हो । 

उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् । यो अस्पताल ओडिसाकै सबै भन्दा ठूलो स्वास्थ्य संस्था मानिन्छ । जहाँ राज्यभरीका बिरामी उपचारका लागि आउने गरिएको हो । अस्पतालका आईसीयू कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्