sevenstartv.com १ चैत २०८२, आइतवार

इरानका प्रमुख नेताहरुबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिने अमेरिकाको घोषणा

मध्यपूर्वमा तनाव बढ्दै

३० फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ ।

अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ । जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन् । 

अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक ¥यालीमा देखिएको थियो । अमेरिकाको दाबीअनुसार उनीहरूले आईआरजीसीका सैन्य एकाइका विभिन्न भागको नेतृत्व र सञ्चालन गर्छन् । इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ । 

यस क्रममा अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उता अमेरिका इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्