sevenstartv.com १ चैत २०८२, आइतवार

यस्तो छ आजको मौसम

३० फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । मौसममा बदली कायम रहँदा आजपनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । 

राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। महाशाखाकाअनुसार देशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्